गुजरातको विजयी सुरुवात

बकैया दर्पण संवाददाता
१८ चैत्र २०७९, शनिबार १०:४२

एजेन्सी । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिकको विजेता गुजरात टाईटन्सले विजयी सुरुवात गरेको छ ।

शुक्रबार राति भएको उद्घाटन खेलमा गुजरातले चेन्नाई सुपर किंग्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

गुजरातका लागि शुभमन गिलले ६३, रिद्धिमान शाहले २५, विजय शंकरले २७, साई सुदर्शनले २२, राहुल तेवातियाले अविजित १५ तथा राशिद खानले अविजित १० रन बनाए । चेन्नाईका लागि राजवर्धन हांगर्गेकरले ३ तथा तुसारदेश पाण्डे र रविन्द्र जडेजाले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनायो । चेन्नाईका लागि ऋतुराज गायकवाडले ९२, मोईन अलिले २३, शिबम दुवेले १९, कप्तान महेन्द्रसिंह धोनीले १४ तथा अम्बादी राईडुले १२ रन बनाए ।

गुजरातका लागि मोहम्मद सामी, अल्जारी जासेफ र राशिद खानले समान २/२ तथा जोश लिटिलले १ विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*