आज प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि नेपाल र लाओस खेल्दै

बकैया दर्पण संवाददाता
१७ चैत्र २०७९, शुक्रबार ०९:२१

मकवानपुर । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस खेल्दैछन् । फाइनल खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।

नेपालले पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो भने दोस्रो खेलमा भुटानसँग एक/एक गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भुटानलाई २–१ गोलले हराएको लाओस भुटानले नेपालसँग बराबरी खेलेपछि फाइनलमा पुगेको हो ।

भुटान एक अङ्कका साथ लिग चरणबाट बाहिरिएको थियो । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर तथा दोस्रोले ३ हजार डलर पाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*