थ्री स्टार क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा

बकैया दर्पण संवाददाता
१६ चैत्र २०७९, बिहीबार १९:३०

मकवानपुर ।  थ्री स्टार क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

धनगढी रङ्गशालामा आज बिहीवार भएकाे दाेस्राे सेमिफाइनल खेलमा सुदूरपश्चिम ११ लाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हराउँदै फाइनलमा पुगेकाे हाे । निर्धारित ९० मिनेटकाे खेल १–१ गाेलकाे बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।

अब थ्री स्टारले उपाधिका लागि आउँदाे शनिवार मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । मनाङ हिजाे बुधवार भएकाे पहिलाे सेमिफाइनलमा क्यामरुनकाे क्लब एभिनरलाई ६–० गाेलले हराउँदै फाइनल पुगेकाे थियाे ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*