मनाङ मर्स्याङ्दी क्लब छैटाैँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश

बकैया दर्पण संवाददाता
१३ चैत्र २०७९, सोमबार २०:१०

मकवानपुर  ।  मनाङ मर्स्याङ्दी क्लब छैटाैँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रङ्गशालामा सोमवार भएको खेलमा बाग्मती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । मनाङका लागि तिमोथे कोडु र साइजमोलले १/१ गोल  गरे । बाग्मतीका लागि सृजन गौतमले गोल गरे ।

अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल खेल चैत १५ गते हुनेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम-११ स्पोर्टस क्लबले आयोजना गरेको हो । आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । अस्ति बिहीवारदेखि सुरु भएको प्रतियोगिता आउँदो १८ गतेसम्म चल्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*