स्ट इन्डिजसँग्को दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाको ६ विकेटको ऐतिहासिक जित

बकैया दर्पण संवाददाता
१३ चैत्र २०७९, सोमबार ०८:४८

मकवानपुर  ।  वेस्ट इन्डिजसँग्को दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाले ६ विकेटको ऐतिहासिक जित निकालेको छ । दक्षिण अफ्रिकाले टी–२० खेल इतिहासमा सर्वाधिक ठूलो योगफल पूरा गर्ने कीर्तिमान कायम गरेको छ । योसँगै दुई देशबीचको तीन खेलको टी–२० शृङ्खलामा एक–एक को बराबरी भएको छ ।

जितको लागि २ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । यो टी–२० खेलमा उच्च स्कोर हो । यसअघि टी–२० मा सर्वाधिक ठूलो लक्ष्य अस्ट्रेलियाले पूरा गरेको थियो । अस्ट्रेलियाले सन् २०१८ मा न्युजिल्यान्डले दिएको २ सय ४४ रनको लक्ष्य १८ ओभर ५ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

हिजो भएको खेलमा दक्षिण अफ्रिकाले यो विश्व कीर्तिमान तोडेको हो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले शतकीय पारी खेले । वेस्ट इन्डिजका जेसन होल्डर, ओडेन स्मिथ, रायमन रिफर र रोभम्यान पावेलले एक/एक विकेट लिए । त्यसअघि सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो । यो वेस्ट इन्डिजको टी–२० इतिहासकै उच्च योगफल थियो ।

वेस्ट इन्डिजका जोनसन चार्ल्सले १ सय १८ रन बनाए । चार्ल्सले ३९ बलमा शतक प्रहार गरी वेस्ट इन्डिजबाट टी–२० मा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । वेस्ट इन्डिजबाट यसअघि सन् २०१६ मा क्रिस गेलले ४७ बलमा शतक पूरा गरेका थिए ।

दक्षिण अफ्रिकाका मार्को यानसनले ३ तथा वेन पार्नेलले २ विकेट लिए । पहिलो खेलमा वेस्ट इन्डिज तीन विकेटले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा निर्णायक खेल भोलि हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*