थ्री स्टार क्लब खप्तड गाेल्ड कपकाे सेमिफाइनलमा

बकैया दर्पण संवाददाता
१२ चैत्र २०७९, आईतवार १९:५७

मकवानपुर  ।  थ्री स्टार क्लब छैटाैँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । धनगढी रङ्गशालामा आज आइतवार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार अन्तिम ४ मा पुगेको हो । थ्री स्टारको जितमा दिपेश गुरुङले गोल गरे ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*