आसिफ शेखलाई ‘सीएमजे स्पिरिट अफ क्रिकेट’ अवार्ड

बकैया दर्पण संवाददाता
६ चैत्र २०७९, सोमबार १९:४७

मकवानपुर ।   इङ्ग्ल्यान्डकाे मेरिलेबाेन क्रिकेट क्लब (एमसीसी) ले ‘द २०२२ क्रिस्टोफर मार्टिन–जेनकिन्स (सीएमजे) स्पिरिट अफ क्रिकेट अवार्ड’ नेपालका विकेटकीपर ब्याटर आसिफ शेखलाई दिने घाेषणा गरेकाे छ । क्रिकेट खेलाडीले देखाएकाे खेल भावनाकाे कदर गर्दै एमसीसीले बर्सेनि याे अवार्ड दिँदै आएकाे छ ।

सन् २०२२ काे फेब्रुअरीमा ओमानमा भएकाे चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आयरल्यान्डसँगकाे खेलमा देखाएकाे खेल भावनाकाे कदर गर्दै एमसीसीले आसिफलाई अवार्ड दिएकाे हाे । त्यस खेलमा नेपालका कमलसिंह ऐरीले गरेकाे १९ औँ ओभरकाे तेस्राे बलमा स्ट्राइकमा रहेका मार्क आदिरले रन लिने क्रममा नन स्ट्राइकबाट दैडिएका म्याकब्राइन कमलसँग ठाेकिएर लडेका थिए । त्यस अवस्थामा कमलले दिएकाे बलमा आसिफसँग रनआउट गर्ने समय थियाे । तर उनले कलमसँग ठाेकिएर रन लिन ढिलाे भएका कारण म्याकब्राइनलाई रनआउट गरेनन् ।

त्याे खेलकाे भिडियाेलाई लिएर विश्वभर नै चर्चा भएकाे थियाे । आयरल्यान्डका कमेन्टेटर एन्ड्रियु लियाेनार्डले शेयर गरेकाे भिडियाेलाई १४ लाखभन्दा धेरैले हेरिसकेका छन् । आसिफको यही खेल भावनालाई लिएर विश्व क्रिकेटकाे सर्वाेच्च निकाय आईसीसीले पनि सन् २०२२ को ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*