एल क्लासिकोमा बार्सिलोनाको रोमान्चक जित

बकैया दर्पण संवाददाता
६ चैत्र २०७९, सोमबार १०:४३

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ ।

आइतबार राति भएको रोमान्चक खेलमा बार्सिलोनाले रियललाई २–१ गोल अन्तरले हराएको हो । खेलको नवौं मिनेटमा डिफेन्डर रोनाल्ड अरुजोले आत्मघाती गोल गरेपछि रियलले १–० को अग्रता बनाएको थियो । तर, ४५ औं मिनेटमा सेर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा फ्रान्क केस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए । जितसँगै बार्सिलोनाले रियलविरुद्ध १२ अंकको अग्रता कायम गरेको छ ।

बार्सिलोनाले २६ खेलमा ६८ अंक जोडेको छ । रियलले ५६ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*