आज ‘ए’ डिभिजन लिग फुटबलमा तीन वटा खेल हुँदै

बकैया दर्पण संवाददाता
४ चैत्र २०७९, शनिबार १३:१६

मकवानपुर  ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । लिगको पाँचौँ चरणको अन्तिम तीन खेलमध्ये आज एक खेल च्यासल मैदान र दुई वटा खेल दशरथ रङ्गशालामा हुनेछ ।

च्यासलमा हुने खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लब दिउँसो साढे २ बजे खेल्दैछन् । त्यस्तै दशरथ रङ्गशालामा दिउँसो साढे २ बजे नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटी तथा बेलुका साढे ५ बजे मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीच खेल हुनेछ ।

यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*