क्रिकेटको १२ हजार टिकट बिक्री

बकैया दर्पण संवाददाता
२ चैत्र २०७९, बिहीबार ०९:०१

मकवानपुर । कीर्तिपुरको त्रिवि मैदानमा बिहीबार हुने राष्ट्रिय क्रिकेट टिमको खेलको सम्पुर्ण टिकट बिक्री भएको छ ।

आईसीसी विश्वकप लिग डिभिजन टूको अन्तिम खेलमा नेपालले युएईविरुद्ध खेल्दैछ । बिहीबार हुने खेलको सम्पुर्ण टिकट बिक्री भएको क्रिकेट सिरिजको टिकेटिङ पार्टनर माई पेले जनाएको छ ।

त्रिवि क्रिकेट मैदानको दर्शक क्षमता १६ हजार मानिएको छ । तर भिड ब्यवस्थापनलाई लक्षित गरेर १२ हजार टिकट बिक्रीको तयारी गरिएको थियो । क्रिकेट सिरिजमा टिकेटको काम गरिरहेको माई पेले अनलाईनमार्फत सम्पुर्ण टिकट बिक्री भैसकेको जनाएको छ ।

लिग डिभिजन टूमा उत्कृष्ट पुनरागमन सहित एकदिवसीय हैसियत बचाउन सफल बनेको नेपालको राष्ट्रिय क्रिकेट टिमले एक दिवसीय विश्वकपको छनोटका लागि बिहीबार प्रतिस्पर्धा गर्दैछ । डिभिजन टूमा एकदिवसीय हैसियत जोगाउन सफल बनेको नेपाल विश्वकप छनोटको समेत नजिक देखिएको छ ।

प्रतियोगिताको आयोजक नेपाल क्रिकेट संघ क्यानले दर्शकका लागि १ सय ५० रुपैयाँको टिकटको ब्यवस्था गरेको थियो । बुधबार साँझ ७ बजे नै अनलाईनमार्फत सम्पुर्ण टिकट बिक्री भएको हो ।

‘अघिल्लो दिन नै अनलाईनमार्फत सम्पुर्ण टिकट बिक्री भएको छ ।’ माई पेका इभेन्ट म्यानेजर सुमनराज गिरीले भने, ‘सिरिजको अन्तिम खेलमा १२ हजार टिकट बिक्री गर्ने लक्ष्य हो । सोही अनुसार सम्पुर्ण टिकटको बिक्री सकिएको छ ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*