लिभरपुललाई हराउँदै रियल क्वाटरफाइनलमा

बकैया दर्पण संवाददाता
२ चैत्र २०७९, बिहीबार ०७:३३

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै समग्रमा ६-२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा रियलले प्रिमियर लिग क्लबलाई ५-२ गोल अन्तरले हराएको थियो । घरेलु मैदानमा भने रियलले साँघुरो जित निकाल्यो । दोस्रो लेगमा रियललाई जित दिलाउन करिम बेन्जिमाले निर्णायक गोल गरे । करिमले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए ।

लिभरपुलसँगको खेलसँगै रियलले च्याम्पियन्स लिगमा ३०० खेल पूरा गरेको छ । रियल च्याम्पियन्स लिगमा ३०० खेल खेल्ने पहिलो क्लब बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*