शहीद स्मारक ए डिभिजन लिगमा आज भएकाे पहिलाे खेलमा एपीएफले आर्मीलाई हरायाे

बकैया दर्पण संवाददाता
१ चैत्र २०७९, बुधबार १९:२८

मकवानपुर   ।  शहीद स्मारक ए डिभिजन लिगमा आज बुधवार भएकाे पहिलाे खेलमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएकाे छ ।

ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा एपीएफले आर्मीलाई १–० गाेल अन्तरले हरायाे । एपीएफका लागि खेलकाे ३७ औँ मिनेटमा मणि लामाले गाेल गरे ।

याे जितसँगै एपीएफले ४ खेलबाट ७ अङ्क जाेडेकाे छ । प्रतियाेगितामा पहिलो हार बेहाेरेकाे आर्मीको ४ खेलबाट ५ अङ्क छ ।

यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा एक सय ८२ वटा खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*