नेपालको एकदिवसीय वरीयता सुधार

बकैया दर्पण संवाददाता
१ चैत्र २०७९, बुधबार ११:३२

एजेन्सी । नेपालले एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १७ औं स्थानमा रहेको थियो । नामिबियालाई पछि पार्दै नेपाल १६ औं स्थानमा उक्लिएको हो ।

नेपाल भन्दा पछाडी नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् । एसोसियट राष्ट्र तर्फ स्कटल्यान्ड १२ औं स्थानमा कायमै रहेको छ । भारत वरीयताको शीर्ष स्थानमा रहँदा अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*