फिफा विश्वकप-२०२६ नयाँ ढाँचामा

बकैया दर्पण संवाददाता
१ चैत्र २०७९, बुधबार ११:३०

एजेन्सी । सन् २०२६ को फिफा विश्वकप फुटबल नयाँ ढाँचामा आयोजना हुने भएको छ ।

२०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछ । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ । यस अघि ३२ राष्ट्रले सहभागिता जनाउदै आएको थियो ।

फिफा काउन्सिलले आगामी विश्वकपको नयाँ ढाँचा बनाएको छ । जुन ढाँचालाई रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले अनुमोदन गरेको छ । नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली हुने छन् । समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन् ।

२०२६ को विश्वकपमा कुल १०४ खेल हुनेछ । १६ शहरमा विश्वकप आयोजना हुनेछ । २०२६ को विश्वकपमा १६ युरोपियन राष्ट्र सहभागी हुने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*