लिजेण्ड्स लिग क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस आबद्ध टोली १० विकेटले पराजित

बकैया दर्पण संवाददाता
१ चैत्र २०७९, बुधबार ०९:३८

मकवानपुर । लिजेण्ड्स लिग क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसियन लायन्स १० विकेटले पराजित भएको छ ।

गएराति दोहामा भएको खेलमा लायन्स इण्डियन महाराजसँग पराजित भयो । लायन्सले दिएको १ सय ५९ रनको लक्ष्य महाराजले १२ दशमलव ३ ओभरमा कुनै विकेट नगुमाई भेट्टायो । महाराजका ओपनरद्वय रोविन उथप्पा र कप्तान गौतम गम्भीरले अविजित अर्धशतक बनाए । उथप्पाले ८८ तथा गम्भीरले ६१ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको लायन्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

लायन्सका उपुल थरंगाले ६९ रन बनाए । यो खेलमा पारस खड्का प्लेईङ–११ मा परेका थिएनन् । यो जितसँगै महाराज ३ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । दुई खेल जितेको लायन्स ४ अंकका साथ शीर्ष स्थानमा छ ।

लिगमा वर्ल्ड जायन्ट्स, इण्डियन महाराज तथा एसियन लायन्स सहभागी छन् । लिग चरणको खेलमा शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीचको बिजेताले फाइनल खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*