आज त्रिदेशीय एकदिवसीय श्रृंखलामा पीएनजी र यूएई खेल्दै

बकैया दर्पण संवाददाता
१ चैत्र २०७९, बुधबार ०९:२२

मकवानपुर । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज पपुवा न्युगिनी (पीएनजी) र यूएई खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

लिग–२ मा पीएनजीको यो अन्तिम खेल हो । पीएनजी तालिकाको पुछारमा छ । उसको ३५ खेलमा ५ मा जित २९ मा हारसहित ११ अंक छ । यूएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौँ स्थानमा छ । भोलि नेपाल र यूएईबीच श्रृंखलाको अन्तिम खेल हुनेछ ।

नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । नेपाल अगाडि ३९ अंकका साथ नामिबिया तेस्रो र नेपालपछि ३५ अंकका साथ अमेरिका पाँचौ स्थानमा छ । नेपालले भोलिको खेलमा यूएईलाई हराउन सकेमा ४० अंक हुनेछ । ४० अंक जोड्न सकेमा नेपाल नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ । स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*