शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

बकैया दर्पण संवाददाता
३० फाल्गुन २०७९, मंगलवार ०९:३९

मकवानपुर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । लिगको चौथो चरण अन्तर्गत आज एक खेल एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रङ्गशालामा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा सङ्कटा क्लब र चर्च ब्वाइज युनाइटेड दिउँसो साढे २ बजे खेल्दैछन् ।

सङ्कटा ३ खेलमा ४ अङ्क जोडेर आठौँ स्थानमा छ । चर्च ब्वाइज ३ खेलमा ९ अङ्कका साथ शीर्ष स्थानमा छ । यस्तै दशरथ रङ्गशालामा हुने आजको पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब दिउँसो साढे २ बजे खेल्दैछन् । जावलाखेल ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

फ्रेन्ड्स क्लब ३ खेलमा १ अङ्कका साथ १२औँ स्थानमा छ । दशरथ रङ्गशालामा हुने दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । यो खेल बेलुका साढे ५ बजे हुनेछ । साविक विजेता मच्छिन्द्र ३ खेलमा १ अङ्कका साथ १३ औँ स्थानमा छ भने पुलिस ३ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*