पीएनजीमाथि नेपालको सानदार जित

बकैया दर्पण संवाददाता
२९ फाल्गुन २०७९, सोमबार १९:११

मकवानपुर । पछिल्लो समयमा उत्कृष्ट क्रिकेट खेल्दै आएको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलामा पपुवा न्युगिनी पीएनजीविरुद्धको खेल ९ विकेटको फराकिलो अन्तरले जितेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाली स्पिनर हावी भएको खेलमा पाएको ९५ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर भेट्टाएको थियो

घरेलु मैदानमा भइरहेको लिग टू को अन्तिम शृंखलामा लगातार तीन खेल जितेपछि अब नेपाल विश्वकप क्वालिफायरमा पुग्नबाट एक जित मात्र टाढा छ । नेपालले आइतबार मात्र यूएईलाई हराउँदै ओडीआई मान्यता कायम राखिसकेको छ ।

अब नेपालको लक्ष्य लिग टू को शीर्ष तीनमा रहेर जिम्बावेमा आगामी जुन-जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्नेमा छ । त्यसका लागि नेपालले आउने बिहीबार हुने लिग टू कै अन्तिम खेलमा युएईलाई हराउनुपर्नेछ । पछिल्लो एक महिना शानदार लयमा रहेको नेपालले ११ मध्ये १० खेल जितिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*