शहीद स्मारक ए डिभिजन लिगमा खुमलटारको दोस्रो जित

बकैया दर्पण संवाददाता
२९ फाल्गुन २०७९, सोमबार १८:४६

मकवानपुर । एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा सोमबार हिमालयन शेर्पा क्लबलाई २-१ ले पराजित गरेको छ । लिगमा नवप्रवेशी खुमलटारको यो दोस्रो जित हो ।

दोस्रो जितपछि चार खेलबाट ६ अंक जोडेर खुमलटार चौथो स्थामा उक्लेको छ । पहिलो खेलमै फ्रेण्ड्सलाई हराएर लिगमा विजयी सुरुवात गरेको खुमलटार त्यसपछि चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लबसँग पराजित भएको थियो । च्यासल स्टेडियममा भएको खेलमा खुमलटारका लागि मनिष थापा र स्टेफन समिरले एक एक गोल गरे । हिमालयनका लागि कप्तान विश्वास श्रेष्ठले एक गोल फर्काए ।

खेलको २२औं मिनेटमा खुमलटारका मनिषले गोल गर्दै अग्रता दिलाएका थिए भने ६५औं मिनेटमा स्टेपेनले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले ८०औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाए पनि हार टार्न पर्याप्त भए । यस सिजन दोस्रो हार बेहोरेको हिमालयन ४ खेलबाट ४ अंकसहित दशौँ स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*