नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै

बकैया दर्पण संवाददाता
२८ फाल्गुन २०७९, आईतवार १५:३९

काठमाडौं । नेपालले युएईलाई पराजित गरि एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राखेको छ ।

टियु मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले युएईलाई १ सय ७७ रनले पराजित गरेको छ ।

यो जित सँगै २ खेल अगाबै नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राखेको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले २२ ओभर ५ बलमा अलआउट हुदै ७१ रन मात्र बनायो । युएईका लागि आयान खानले २९ रनको सर्वाधिक ठुलो ईनिङ खेल्दा असओन्था भाल्थापाले १४ रन बनाए । कार्तिक मैयप्पनले ११ तथा युएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि ललित नारायण राजवंशीले ५ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुदै २ सय ४८ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा ७७ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान पौडेलले ९ चौका प्रहार गरेका थिए । दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए । आरिफ शेखले ५२ बलमा ४३ रन बनाउँदा गुलसन झाले ३२ बलमा ३७ रन बनाए । झाले ३ छक्का र १ चौका प्रहार गरेका थिए । भिम सार्कीले ३७ बलमा २९ रन बनाए । दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको नेपालले ७ ओभर १ बलमा ३ विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान रोहित पौडेलले भिम सार्कीले अर्धशतकिय साझेदारी गरेका थिए । ७६ रन हुँदा चौथो विकेट गुमाएको थियो ।

चौथो विकेट पछि क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलबीचमा अर्धशतकीय साझेदारी भएसँगै नेपाल बलियो स्थितिमा पुगेको थियो । युएईका लागि जाहोर फरिद,जाहोर खान,रोहन मुस्ताफा र आयान खानले समान २/२ तथा आर्यान लाक्रा र जुनेद सिद्धिकीले समान ११ विकेट लिए । यो जितसँगै नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता भने कायम रहेको छ । विश्वकप लिग टूको शीर्ष ३ मा रहने सम्भावना सकिएको युएईको एकदिवसीय अन्तराष्ट्रिय मान्यता समेत जोखिममा परेको छ ।

सात देश सम्मिलित विश्वकप लिग टूमा नेपालले ३४ खेलमा १७ मा जित तथा १५ मा हार व्यहारेको छ । नेपाल ३६ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा रहेको छ । उता, युएई भने ३४ खेलमा १४ खेलमा जित तथा १७ खेलमा हार व्यहोरेको छ । ३१ अंक जोडेर युएई छैटौं स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*