आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा तीन वटा खेल हुने

बकैया दर्पण संवाददाता
२१ फाल्गुन २०७९, आईतवार ०९:१८

मकवानपुर । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदैछन् । यी खेल च्यासल मैदान र दशरथ रङ्गशालामा हुनेछन् ।

च्यासल मैदानमा हुने खेलमा दिउँसो साढे २ बजे न्युरोड टिम (एनआरटी) र सातदोबाटोबीच खेल हुनेछ । त्यस्तै दशरथ रङ्गशालामा दिउँसो साढे २ बजे आर्मी र सङ्कटा क्लब तथा बेलुका साढे ५ बजे मच्छिन्द्र र जावलाखेल युथ क्लबबीच खेल हुनेछ ।

मच्छिन्द्र लिगको साविक विजेता टोली पनि हो । हिजो भएको खेलमा एपीएफले थ्री स्टारलाई तथा चर्च ब्वाइजले पुलिसलाई हराउँदै विजयी सुरुवात गरेका छन् । हिजोको अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलका छन् ।

‘ए’ डिभिजन लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । लिगमा सहभागी १४ क्लबबीच हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*