प्रिमियर लिग : आर्सनलको पुनरागमन जित

बकैया दर्पण संवाददाता
२१ फाल्गुन २०७९, आईतवार ०९:०८

मकवानपुर । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ गोलले हरायो । घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर आर्सनलले जित निकालेको हो ।

खेलको पहिलो मिनेटमै फिलिप बिलिङले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । खेलको ५७औँ मिनेटमा मार्कोस सेनिसीले गोल गरी २–० को अग्रता बनाए । तर खेलको ६२औँ मिनेटमा आर्सनलका थोमस पार्टी, ७०औँ मिनेटमा बेन ह्वाइट र खेलको इन्जुरी समयमा रेइस नेल्सनले गोल गरेपछि आर्सनल विजयी भयो ।

जितसँगै आर्सनलको २६ खेलमा ६३ अङ्क भएको छ । आर्सनल शीर्ष स्थानमा कायमै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*