शहीद स्मारक ए डिभिजन लिगको डेब्यू खेलमै नवप्रवेशी चर्च ब्वाइज युनाइटेड विजयी

बकैया दर्पण संवाददाता
२० फाल्गुन २०७९, शनिबार १९:३५

मकवानपुर । नवप्रवेशी चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको डेब्यू खेलमै विजयी सुरुवात गरेको छ । च्यासल मैदानमा पहिलो पटक शनिवार ए डिभिजनको लिगको खेल हुँदा चर्च ब्वाइजले ए डिभिजनमा डेब्यू जित निकाल्यो ।

तीन पटकको विजेता नेपाल पुलिस क्लब विरुद्ध एक गोलले पछि परेको स्थितीमा चर्च ब्वाइजले २-१ को पुनरागमन जित निकालेको हो । रवि पासवानले १४औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए पनि कायम राख्न सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*