शहीद स्मारक ए डिभिजन लिगमा खुमलटारकाे विजयी सुरुवात

बकैया दर्पण संवाददाता
१९ फाल्गुन २०७९, शुक्रबार २०:२४

मकवानपुर । नवप्रवेशी एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेकाे छ । दशरथ रङ्गशालामा शुक्रवार भएकाे उद्घाटन खेलमा खुमलटारले फ्रेन्ड्स क्लबलाई १–० गाेलले हरायाे । खुमलटारकाे जितमा खेलकाे ८९ औँ मिनेटमा मेसुके ओलुमोउले गाेल गरे ।

डबल राउन्ड रोबिनका आधारमा हुने लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै ‘फेयर प्ले’ टोलीले ३ लाख रुपैयाँ पाउनेछन् । ‘मोस्ट भ्यालुएबल’ खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र ‘इमर्जिङ प्लेयर’ ले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको विजेता क्लबले ‘म्याच मनी’ बापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको ‘म्यान अफ द म्याच’ ले १० हजार रुपैयाँ पाउनेछन् ।

लिगमा सहभागी १४ क्लबमा हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*