आईसीसी विश्व कप क्रिकेट : ५३ रन बनाउँदा ५ खेलाडी आउट

बकैया दर्पण संवाददाता
१९ फाल्गुन २०७९, शुक्रबार १८:४८

मकवानपुर । आईसीसी विश्व कप क्रिकेट लिग अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पीएनजीले दिएकाे १ सय ८० रनकाे लक्ष्य पछ्याइरहेकाे नेपालले खराब ब्याटिङ गरेकाे छ ।

नेपालले १८ ओभरमा ५३ रन बनाउँदा ५ विकेट गुमाएकाे छ । ओपनर कुशल भुर्तेल पहिलाे बलमै खाता नै नखाेलिकन आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा पेभेलियन फर्किए । यस्तै राेहित पाैडेल र आरिफ शेख १/१ रनमा आउट भए । अहिले क्रिजमा आसिफ शेख र दीपेन्द्रसिंह छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*