मच्छिन्द्र फुटबल क्लबलाई केपी ओली कपकाे उपाधि

बकैया दर्पण संवाददाता
१७ फाल्गुन २०७९, बुधबार २०:२६

मकवानपुर । मच्छिन्द्र फुटबल क्लबले केपी ओली कप फुटबल प्रतियाेगिताकाे उपाधि जितेको छ । बुधवार दशरथ रङ्गशालामा भएकाे फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी शुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मच्छिन्द्रले उपाधि जितेकाे हाे ।

निर्धारित ९० मिनेटमा १–१ काे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे थियाे । त्यसअघि मच्छिन्द्रका लागि खेलकाे ५ औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दा सातदाेबाटाेका लागि खेलकाे १८ औँ मिनेटमा जोर्डन ओवानाले गाेल गरेका थिए ।

उपाधिसँगै मच्छिन्द्रले १० लाख रुपैयाँ प्राप्त गरेकाे छ । उपविजेता बनेकाे सातदोबाटोले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगितामा आयोजक केपी ओली फुटबल क्लबसहित ८ वटा टोलीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*