मूख्य प्रशिक्षकमा नेपाली टिमको भिन्सेन्जो

बकैया दर्पण संवाददाता
१७ फाल्गुन २०७९, बुधबार २०:१७

मकवानपुर । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनिस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार भिन्सेन्जोलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले भिन्सेन्जोलाई नियुक्ति गर्ने निर्णय गरेको हो । पदपूर्ति समितिले सिफारिस गरेअनुसार बैठकले भिन्सेन्जोलाई नियुक्ति गरेको हो । अनुभवी प्रशिक्षक भिन्सेन्जोले यसअघि बेलिजको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गरेका थिए । यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले भारतीय क्लब गोकुलम केरलालाई दुई पटक आई लिगको उपाधि दिलाएका थिए ।

उनले इन्डियन सुपर लिगमा नर्थ इस्ट युनाइटेडको टोलीसमेत सम्हालिसकेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन रहेको थियो। त्यसपछि भएका दुई मैत्रीपूर्ण खेलमा छोटो समयका लागि प्रदीप हुमागाईं र प्रवेश कटुवालले राष्ट्रिय टिम सम्हालेका थिए । भिन्सेन्जो नेपाली राष्ट्रिय टिम सम्हाल्ने पहिलो इटालीका प्रशिक्षक हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*