केपी ओली कप फाइनलमा सातदोबाटो र मछिन्द्रबीच प्रतिस्पर्धा हुने

बकैया दर्पण संवाददाता
१७ फाल्गुन २०७९, बुधबार ०९:४५

मकवानपुर । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

खेल बुधबार दिउँसो ३ बजे दशरथ रंगशालामा सुरू हुनेछ । आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै सातदोबाटो फाइनलमा पुगेका थिए ।

नेकपा (एमाले) निकट युवा संघको आयोजनामा भईरहको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने छन् । आयोजकका अनुसार प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*