लिग–२ मा पपुवा न्यु गिनीको तेस्रो जित

बकैया दर्पण संवाददाता
१६ फाल्गुन २०७९, मंगलवार २०:२७

मकवानपुर । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यु गिनी (पीएनजी)ले लगातार ७ हारपछि पहिलो जित हासिल गरेको छ। समग्रमा तेस्रो जित निकाल्ने क्रममा मंगलबार पिएनजीले युएईलाई १ सय ३१ रनले पराजित गर्दै लिग–२ मा फराकिलो जित निकाल्यो।

घरेलु मैदानमा युएई कमजोर मानिएको पीएनजीसँग हारेसँगै नेपाललाई भने शीर्ष तीनका साथमा एकदिवसीय वरियता जोगाउनका लागि पनि राहत मिलेको छ। पीएनजीले जितेका तीन खेलमध्ये दुई खेल युएईविरुद्ध नै रहेको छ। ३० खेलको समाप्तिमा जितपछि पीएनजीको ७ अङ्क भएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९.१ ओभरमा अलआउट हुँदै २ सय ६२ रन बनाएको थियो। तर जवाफमा युएई ३४.२ ओभरमा १ सय ३१ रनमानै समेटिएपछि पीएनजीले फराकिलो जित निकालेको हो।

युएईका लागि कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। उसका लागि ओपनर मुहम्मद वासिमको २४ रन सर्वाधिक रह्यो। उनी बाहेक भ्रितिया अर्बिन्द र जाहोर खानले समान २३–२३ रन बनाएँदा असिफ खानले २० रन बनाए। त्यस्तै अलिसान सर्फुले १४ रन बनाए। युएईलाई सस्तैमा समेट्ने क्रममा चाद सोफले ५ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीका लागि सेसे बाउले ७४ रन बनाउँदा टोनी उराले ५१ रन बनाउँदा किपलिङ्ग डोरिगाले ४२ रन तथा गाउडी टोकाले २८ रन बनाएका थिए। युएईका लागि कार्थिक मियापानले ४ विकेट लिँदा आर्यान लक्राले ३ तथा जाहुर खानले २ विकेट हात पारे। अब बिहीबार युएईले नेपालको सामना गर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*