इङ्ल्यान्डसँगको दोस्रो टेस्टमा न्युजिल्यान्ड १ रनले विजयी

बकैया दर्पण संवाददाता
१६ फाल्गुन २०७९, मंगलवार १७:३६

एजेन्सी । इङ्ल्यान्डसँगको दोस्रो टेस्टमा न्युजिल्यान्ड १ रनले विजयी भएको छ । वेलिङटनमा भएको रोमाञ्चक खेलमा २ सय ५८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २ सय ५६ रनमा अलआउट भयो ।

जितका लागि २ रन चाहिएको अवस्थामा इङ्ल्यान्डका जेम्स एन्डरसन आउट भएपछि फलोअनमा परेको घरेलु टाेली न्युजिल्यान्डले ऐतिहासिक जित निकालेको हो । यसअघि इङ्ल्यान्डका लागि जाेए रुटले ९५ रन बनाए । बलिङतर्फ नेल वाग्नरले ४, टिम साउथीले ३ र म्याट हेनरीले २ विकेट लिए । योसँगै २ खेलको शृङ्खला १–१ को बराबरीमा सकिएको छ ।

इङ्ल्यान्डले पहिलो इनिङ्समा ८ विकेट गुमाएर ४ सय ३५ रन बनाएको अवस्थामा इनिङ्स सकिएको घोषणा गरेको थियो । इङ्ल्यान्डका ह्यारी ब्रुकले १ सय ८६ र जाेए रुटले १ सय ५३ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका म्याट हेनरीले ४ र माइकल ब्रेसवेलले २ विकेट लिए ।

न्युजिल्यान्ड पहिलो इनिङ्समा २ सय ९ रनमै अलआउट भएपछि फलोअनमा परेको थियो । न्युजिल्यान्डका टिम साउथीले सर्वाधिक ७३ रन बनाए । बलिङतर्फ इङ्ल्यान्ड स्टुवार्ट ब्राेडले ४ तथा जेम्स एन्डरसन र ज्याक लिचले ३–३ विकेट लिए ।

न्युजिल्यान्डले दोस्रो इनिङ्समा ४ सय ८३ रन बनाउँदा इंल्यान्डले २ सय ५८ रनको लक्ष्य पाएको थियो । न्युजिल्यान्डका लागि केन विलियमसनले १ सय ३२, टम ब्लनडेलले ९०, टम लाथमले ८३ र ड्यारेल मिचेलले ५४ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका ज्याक लिचले ५ विकेट लिए ।

न्युजिल्यान्ड फलोअनमा परेर खेल जित्ने तेस्रो टिम बनेको छ । यसअघि भारतले सन् २००१ र इङ्ल्यान्डले सन् १९८१ र १९८४ मा फलोअनमा परेर खेल जितेका थिए ।

त्यस्तै न्युजिल्यान्ड टेस्ट क्रिकेट १ रनकाे अन्तरले जित्ने दाेस्राे टिम बनेकाे छ । यसअघि सन् १९९३ वेस्ट इन्डिजले अस्ट्रेलियालाई उसकै घरमा १ रनले हराएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*