फिफा वर्ष खेलाडीको उपाधि मेसीले जिते

बकैया दर्पण संवाददाता
१६ फाल्गुन २०७९, मंगलवार ०९:०१

एजेन्सी । अर्जेन्टिनाका विश्वकप विजेता फुटबलर लियोनल मेसीले फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेका छन् । उनले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै यो उपाधि जितेका हुन् । ३५ वर्षीय मेसीले सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि लगातार दोस्रोपटक जितेका हुन् ।

सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलसले जितेकी छन् । मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो । लगातार दोस्रोपटक उपाधि जितेपछि मेसीले लामो समयदेखिको सपना पूरा भएको र यो साथीहरुको सहयोगमा सम्भव भएको प्रतिक्रिया दिए । यो अवार्ड जित्दा आश्चर्य लागेको र सम्मानित भएको महसुस भएको बताउँदै उनले भने, ‘मेरा साथीहरुविना म यहाँ हुने थिइनँ । म धेरै भाग्यशाली छु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*