नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातार पाँचौ जित

बकैया दर्पण संवाददाता
१५ फाल्गुन २०७९, सोमबार १९:३८

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार पाँचौ जित निकालेको छ। नेपालले आज आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत पपुवा न्युगिनी(पीएनजी)सँग जित निकालेको हो। युएईमा जारी सिरिजमा नेपालले टस जितेर पीएनजीलाई पहिला ब्याटिङको निम्तो दिएको थियो।

पीएनजीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन जोड्यो। पीएनजीले नेपाललाई दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै २ सय ७ रन जोड्दै भेटायो। पीएनजीका लागि कप्तान असाद भालाले ५३ बलमा ३६ रन जोड्दा किप्लिन डोरीगाले ५९ बलमा २९ रन जोडे। यस्तै, चाड सोपरले ५३ बलमा ३६ रन जोडे।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ बलमा ५६ रन जोड्दा अर्का ओपनर आशिफ शेखले ३९ बलमा ४४ रन जोडे। यस्तै, आरिफ शेखले ६४ बलमा ३७ रन जोड्दा कप्तान रोहित पौडेलले २१ बलमा २२ रन जोडेर आउछ भए।

पीएनजीलाई २ सय ३ रनमा समेट्नका लागि नेपालका गुल्सन झाले सर्वाधिक ३ विकेट लिँदा कुशल मल्लले २ विकेट लिए। सोमपाल कामी, करन केसी र प्रतिस जीसीले समान १/१ विकेट लिए। गत हप्ता नेपालले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डविरुद्धको २–२ खेलमा क्लिन स्विप गर्दै ४ खेल जितेको थियो। नेपालले अब अर्को खेल फागुन १८ गते घरेलु टोली युएइसँग खेल्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*