आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्व कप छनोट खेल्न अब बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने

बकैया दर्पण संवाददाता
१४ फाल्गुन २०७९, आईतवार ०९:४७

मकवानपुर । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्व कप छनोट खेल्न अब बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने भएको छ । आफ्नो अन्तिम खेलमा हिजो नामिबियाले यूएईलाई हराएसँगै यो समीकरण बनेको हो ।

लिग–२ का शीर्ष तीन टोलीले आउँदो जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न पाउनेछन् । स्कटल्यान्ड र ओमान विश्व कप छनोटमा पुगेका छन् । अब नेपाल, नामिबिया र यूएई मध्ये एक टोलीको सम्भावना छ । नामिबियाको ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अङ्क छ ।

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित छैटौँ स्थानमा छ । यूएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अङ्कका साथ पाँचौँ स्थानमा छ । नेपालले अब यूएई र पपुवा न्युगिनीसँग समान चार/चार खेल खेल्नेछ । नेपालले नामिबियालाई पछि पार्न ८ मध्य ७ खेल जित्नुपर्ने हुन्छ ।

नेपालले सबै खेल जित्दा ४२ अङ्क र ७ खेलमा जित्दा ४० अङ्क हुनेछ । नेपालले एक दिवसीय मान्यता जोगाउन ८ मध्य ५ खेल जित्नुपर्ने हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*