रामोसद्वारा सन्यास घोषणा

बकैया दर्पण संवाददाता
१२ फाल्गुन २०७९, शुक्रबार १०:३९

एजेन्सी । स्पेनका डिफेन्डर तथा पूर्व कप्तान सर्जियो रामोसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

रामोसले बिहीबार सामाजिक संजालबाट अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) डिफेन्डर रामोसले ३६ वर्षको उमेरमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् । विश्वकप विजेता डिफेन्डर रामोसले स्पेनका लागि १८० खेलमा २३ गोल गरेका छन् । रियल मड्रिडका पूर्व डिफेन्डर रामोसले २०१० मा फिफा विश्वकपको उपाधि जितेका थिए ।

यस्तै स्पेनले २००८ र २०१२ मा युरोकप जित्दा रामोस टोलीमा रहेका थिए । तर, रामोस कतार विश्वकपमा टोलीमा थिएनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*