बार्सिलोनालाई हराउँदै युनाईटेड अन्तिम १६ मा

बकैया दर्पण संवाददाता
१२ फाल्गुन २०७९, शुक्रबार १०:३७

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।

नकआउट चरणको प्ले अफको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई बिहीबार राति २-१ ले हराउँदै समग्रमा ४-३ को जितसहित युनाईटेड अन्तिम १६ मा प्रवेश गरेको हो । क्याम्पनाउमा भएको पहिलो लेगमा युनाईटेड र बार्सिलोनाले २-२ गोलको बराबरी खेलेका थिए । ओल्ड ट्राफोर्डमा भने युनाईटेडले एक गोलको अग्रता उल्टाएर जित निकाल्यो ।

खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । खेलको ४७ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।

बार्सिलोना सन् १९९८/९९ को सिजन पछि पहिलो पटक युरोपियन प्रतियोगिताको अन्तिम १६ मा पुग्न नसकेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*