सातदोबाटो ‘केपी ओली कप’ काे सेमिफाइनलमा प्रवेश

बकैया दर्पण संवाददाता
११ फाल्गुन २०७९, बिहीबार १९:३८

मकवानपुर । विभागीय टाेली नेपाल पुलिस क्लबलाई हराउँदै सातदोबाटो युथ क्लब ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोमा रहेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा बिहीवार भएकाे उद्घाटन खेलमा सातदोबाटोले पुलिसलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । सातदोबाटोलाई जितउन दुवै गोल दीपकराज सिंह ठकुरीले गरे भने पुलिसका प्रवीण थापाले एक गोल फर्काए ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगको तयारीको रूपमा हेरिएको प्रतियोगिताको पहिलो खेलमा सातदोबाटोले सुखद सुरुवात गरेको हो ।

प्रतियोगितामा शहीद स्मारक ‘ए’ डिभिजनको विजेता मच्छिन्द्र, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ र जावलाखेल युथ क्लब र आयोजक टोली केपी ओली एफसीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । विधागतरूपमा उत्कृष्ट गोलकिपर र फरवार्डले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । साथै प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछ । उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*