एस्टन भिल्लालाई हराउँदै आर्सनल शीर्ष स्थानमा, साउथह्याम्पटनसँग चेल्सी पराजित

बकैया दर्पण संवाददाता
७ फाल्गुन २०७९, आईतवार १०:१९

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । हिजो भएको खेलमा आर्सनलले घरेलु टोली एस्टन भिल्लालाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलले एस्टन भिल्लाई ४–२ गोलले हरायो।

आर्सनलका बुकायो साका, ओलेक्सन्डर जिन्चेन्को र गाब्रियल मार्टिनेलीले गोल गरे । उसले एक गोल उपहार पाएको थियो । भिल्लाका ओली वाट्किन्स र फिलिपे कौटिन्होले गोल गरे । जितसँगै आर्सनलको २३ खेलमा ५४ अङ्क भएको छ । पराजित एस्टन भिल्ला समान खेलमा २८ अङ्ककासाथ ११औँ स्थानमा छ।

गएराति भएका अरु खेलमा लिभरपुलले न्युक्यासललाई २–० गोलले तथा साउथह्याम्पटनले चेल्सीलाई, बर्नमाउथले उल्भ्सलाई, एभर्टनले लिड्स युनाइटेडलाई र फुलह्यामले ब्राइटनलाई १–० गोलले हराएको छ । नटिङ्घम फरेस्ट र म्यानचेस्टर सिटी तथा ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले एक/एक गोलको बराबरी खेलेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*