नेपालले टस जितेर फिल्डिङ रोज्यो

बकैया दर्पण संवाददाता
५ फाल्गुन २०७९, शुक्रबार १०:०२

मकवानुपर । आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदानमा टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् । पहिलो खेलको टोलीमा एक परिवर्तन भएको छ । नेपालले स्पिनर ललित राजवंशीको स्थानमा ती्र गतिका बलर गुल्सन झालाई टोलीमा समावेश गरेको छ ।

नेपालको प्लेङ ११

आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, सन्दिप जोरा र सन्दीप लामिछाने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*