इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल म्यानचेस्टर सिटीसँग पराजित

बकैया दर्पण संवाददाता
४ फाल्गुन २०७९, बिहीबार १०:१६

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको छ । आज बिहान भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ गोलले हरायो । सिटीका केभिन डी ब्रुनो, ज्याक ग्रेलिस र इर्लिङ हालाण्डले गोल गरे।
आर्सनलका बुकायो साकाले पेनाल्टीमा गोल गरे । जितसँगै सिटी प्रिमियर लिगमा शीर्ष स्थानमा उक्लिएको छ । उसको २३ खेलमा ५१ अङ्क भएको छ । २२ खेलमा समान ५१ अङ्क रहेको आर्सनल दोस्रो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*