क्लब विश्वकप-२०२३ साउदीमा हुने

बकैया दर्पण संवाददाता
३ फाल्गुन २०७९, बुधबार ११:४८

एजेन्सी । सन् २०२३ को फिफा क्लब विश्वकप फुटबल साउदी अरेबियामा आयोजना हुने भएको छ ।

साउदीमा आयोजना हुने क्लब विश्वकप आगामी डिसेम्बर १२ देखि २२ सम्म हुनेछ । साउदीले पहिलो पटक क्लब विश्वकप आयोजना गर्न लागेको हो । साउदी क्लब विश्वकपको छैटौं आयोजक हो । मोरक्कोमा भएको पछिल्लो संस्करणको उपाधि रियल मड्रिडले जितेको थियो ।

रियलले अल हिलाललाई ५-३ ले हराएर उपाधि जितेको हो । रियलले उपाधि जितेको तीन दिनपछि नयाँ आयोजक राष्ट्रको घोषणा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*