नामिबियाविरुद्ध टस जितेर बलिङ गर्दै स्कटल्याण्ड

बकैया दर्पण संवाददाता
३ फाल्गुन २०७९, बुधबार ०९:५६

मकवानपुर । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा सोमबारेखि सुरु हुने भएको शृखंलामा आज नामिबिया र स्कटल्याण्डबीच खेल भइरहेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको छ ।

३२ खेलबाट ४६ अंक रहेको स्कटल्याण्ड सात टोली सहभागी लिग टु मा शीर्ष स्थानमा छ र वान डे विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गरिसकेको छ । उता नामिबिया भने सोमबार घरेलु टोली नेपालसँग २ विकेटले पराजित भएको थियो ।३१ खेलबाट ३७ अंकसहित नामिबिया तेस्रो स्थानमा छ । शीर्ष तीनमा रहनका लागि नामिबियालाई बाँकी खेलहरु महत्वपूर्ण छन् ।

अघिल्लो खेलमा नामिबिया नेपालसँग पराजित भएपछि स्कटल्याण्डलाई अब लिग टु को च्याम्पियन बन्न अब एक खेल जिते पनि पर्याप्त हुनेछ । आज नामिबियालाई हराएमा स्कटल्याण्डको ४८ अंक हुनेछ । नामिबियालाई भने शीर्ष तीनमा रहनका लागि अब बाँकी पाँचमध्ये कम्तीमा पनि ३ खेल जित्नुपर्ने आवश्यकता छ । नामिबियाले नेपालमा शृखंला खेलेपछि यूएईसँगको बाँकी दुई खेल यूएईमै गएर खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*