पाँचौं पल्ट क्लब वर्ल्डकप रियलले जित्यो

बकैया दर्पण संवाददाता
२९ माघ २०७९, आईतवार ०९:३३

एजेन्सी । रियल म्याड्रिडले शनिबार कीर्तिमान पाँचौं पल्ट क्लब वर्ल्डकप जितेको छ । मोरक्कोमा भएको फाइनलमा रियलले अल हिलाललाई रोमाञ्चक प्रतिस्पर्धाबीच ५–३ ले हराएसँगै क्लब वर्ल्डकपमा जित हासिल गरेको हो । त्यसमा भिनिसियस जुनियर र फेडे भाल्भरडेले दुई-दुई गोल गरे ।

यस्तै चोटबाट फर्केका करिम बेन्जेमाले एक गोल थपे । युरोपेली च्याम्पियन्स लिग विजेताका रूपमा प्रतियोगितामा खेलेको कार्लो एन्सेलोटीको रियलसँग साउदी प्रतिद्वन्द्वीमाथि आक्रमण बुन्न पर्याप्त विकल्प रहेको थियो ।
यस सिजन रियलले जितेको यो दोस्रो उपाधि हो । अगस्टमा रियलले युरोपेली सुपरकप जितेको थियो । एसियाली च्याम्पियन अल हिलालले भने फाइनल पुग्ने पहिलो साउदी टिम हुने क्रममा ब्राजिलको फ्लेमिङ्गोलाई हराएको थियो । उसका लागि भिएटोले दुई गोल गरे पनि त्यो हारबाट जोगिन पर्याप्त रहेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*