पीएसजीको एक अर्को हार

बकैया दर्पण संवाददाता
२९ माघ २०७९, आईतवार ०९:२७

एजेन्सी । फ्रान्सेली लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार एक अर्को बेहोरेको छ । उसलाई मोनाकोले ३–१ ले हराएको हो । पीएसजी चोटग्रस्त लियोनल मेसी र केयलिन एमबापेविना खेलिरहेको थियो ।

शनिबारकै अर्को खेलमा पीएसजीको प्रमुख प्रतिद्वन्द्वी मार्से भने क्लेरमोन्टमाथि २–० ले विजयी रह्यो । यी नतिजापछि पीएसजी ५४ अंकमा शीर्ष स्थानमा छ । उसको पछाडि मार्सेको ४९ र मोनाकोको ४७ अंक भएको छ । डिफेन्डिङ च्याम्पियन रहेको पीएसजीले सन् २०२३ मा लिगमा खेलेका सातमध्ये तीन खेल गुमाइसकेको छ । पीएसजी फ्रेन्चकपबाट पनि बाहिरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*