आजदेखि मकवानपुर गोल्डकप

बकैया दर्पण संवाददाता
२८ माघ २०७९, शनिबार १५:२३

मकवानपुर । मकवानपुरको हेटौंडामा आजदेखि पाँचौ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुँदै छ ।

हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जिल्ला फुटबल संघ मकवानपुरको मकवानपुर-११ र नव जनजागृती युवा क्लब सिमराबीच प्रतिस्पर्धा हुने छ । संघका जिल्ला अध्यक्ष अध्यक्ष टिका लामाका अनुसार प्रतियोगितामा ७ वटा ए डिभिजन र एक अन्तराष्ट्रिय क्लबसहित १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा आयोजक मकवानपुर-११, नव जनजागृती युवा क्लब सिमरा, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, सातदोबाटो क्लब ललितपुर, मनाङ् मस्र्याङ्दी क्लब काठमाडौं, फ्रेण्ड्स क्लब ललिततपुर, हिमालयन शेर्पा क्लब काठमाडौं, एनआरटी क्लब काठमाडौं, बागमती युवा क्लव सर्लाही, विरगंज युनाइटेड पर्सा, र एभिनियर एफसी क्यामरुनको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् ।

प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*