मेस्सी, बेन्जिमा र एम्बाप्पे अन्तिम सूचिमा

बकैया दर्पण संवाददाता
२८ माघ २०७९, शनिबार १५:१३

एजेन्सी । फिफाले प्रदान गर्ने द वेस्ट अवार्डको अन्तिम मनोनयनमा लियोनल मेस्सी, केलियन एमबाप्पे र करिम बेन्जिमा समेटिएका छन् । फिफाले शुक्रबार सार्वजनीक गरेको सन् २०२२ को पुरुष फुटबलर तर्फको अन्तिम तीन जनाको सूचिमा मेस्सी सहित बेन्जिमा र एमबाप्पे समेटिएका हुन् ।

मेस्सीले अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि यात्रासम्म डोर्याएका थिए । उनले प्रतियोगितामा महत्वपुर्ण ७ गोल गरेका थिए । ३५ वर्षिया मेस्सीसँग बेन्जिमा र एमबाप्पे समेत समावेश छन् ।

अर्जेन्टिनालाई तेस्रो विश्वकपको उपाधि जिताएका मेस्सीले दोस्रो पटक फिफाको यस अवार्ड हात पार्ने आँकलन गरिएको छ । कतार विश्वकपमा गोल्डन बलसमेत प्राप्त गरेका मेस्सीलाई फिफा वर्ष खेलाडीको मुख्य दाबेदार मानिएको छ ।

विश्वकपमा गोल्डेन बुट जितेका एमबाप्पे र सन् २०२२ को वालेन डी ओर विजेता बेन्जिमा समेत यस अवार्डका प्रत्यासी हुन् । सन् २०२२ को विश्वकपमा फाइनलमा मेस्सीको अर्जेन्टिनाविरुद्ध एमबाप्पेले ह्याट्रिक गरेका थिए । उनी पहिलो पटक फिफाको यस अवार्डका लागि अन्तिम तीनमा समावेश भएका हुन् । बेन्जिमाले भने रियल मड्रिडलाई युरोपेली क्लब फुटबलको फाइनलसम्म डोर्याएका थिए ।

यस विधाको विजेता खेलाडीको घोषणा फेब्रुअरी २७ का दिन हुने एक भब्य समारोहमा गरिनेछ । यसै दिन उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर र उत्कृष्ट ११ को टिम समेत घोषणा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*