रोनाल्डोको ४ गोल

बकैया दर्पण संवाददाता
२७ माघ २०७९, शुक्रबार १०:३०

एजेन्सी । साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा नसरले अल वेह्दालाई ४-० गोल अन्तरले हराएको हो ।

अल नसरको जितमा रोनाल्डो एक्लैले ४ गोल गरे । खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ५३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गर्दा नसरको अग्रता ३-० को बन्यो । त्यसपछि खेलको ६१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौंथो गोल गर्दै नसरलाई सहज जित दिलाए । रोनाल्डोले ५ सय लिग गोल समेत पूरा गरेका छन् ।

जितसँगै नसर शीर्ष स्थानमा उक्लिएको छ । नसरले १६ खेलमा ३७ अंक जोडेको छ । वेह्दा १५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*