रियल क्लब विश्वकपको फाइनलमा

बकैया दर्पण संवाददाता
२६ माघ २०७९, बिहीबार १०:१४

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा इजिप्टको अल अहली स्पोर्टिङ क्लबलाई ४-१ गोल अन्तरले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो । खेलको ४२ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४६ औं मिनेटमा फेडेरिको भाल्भर्देले गोल गर्दा रियलको अग्रता दोब्बर बन्यो । खेलको ६५ औं मिनेटमा अलि मालोउलले गोल गर्दै अल अहलीलाई २-१ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ३-१ को अग्रता दिलाए ।

त्यसपछि इन्जुरी समयको आठौं मिनेटमा सेर्जियो अरिबासले गोल गर्दै रियललाई ४-१ को जित दिलाए । अब रियलले उपाधिका लागि साउदीको अल हिलालसँग खेल्नेछ ।

अल अहलीले तेस्रो स्थानको लागि ब्राजिलको फ्लामेन्गोसँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*