२०३० को विश्वकप आयोजकमा अर्जेन्टिनासहित ४ राष्ट्रको संयुक्त दाबी

बकैया दर्पण संवाददाता
२५ माघ २०७९, बुधबार १५:१३

सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि अर्जेन्टिनासहित ४ दक्षिण अमेरिकी राष्ट्रले संयुक्त दाबी पेश गरेको छ ।

विश्वकप आयोजनाका लागि अर्जेन्टिनासँगै चिली, उरुग्वे र पाराग्वेले संयुक्त दाबी पेश गरेको हो ।

यहाँ फुटबल जन्मिएको भन्दै चार राष्ट्रले आधिकारिक रुपमा विश्वकप आयोजनाको दाबी पेश गरेको हो । सन् २०३० को विश्वकप विशेष रहनेछ । किनकी विश्वकप सुरु भएको ठिक १०० वर्ष पूरा हुनेछ । पहिलो पटक विश्वकप उरुग्वेमा १९३० मा आयोजना भएको थियो ।

यस अघि २०३० को विश्वकप आयोजनाका लागि स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त दाबी गरिसकेको छ । फिफाले यस विश्वकप आयोजनाको घोषणा २०२४ मा गर्ने जनाएको छ ।

त्यसअघि २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*