शहीद स्मृति गोल्डकप–२०७९ को खेल तालिका सार्वजनिक

बकैया दर्पण संवाददाता
२५ माघ २०७९, बुधबार ११:५६

मकवानपुर । स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । मकवानपुर जिल्ला फुटबल संघले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो । माघ २८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेल छिमेकी बारा जिल्लाको नवजागृति युवा क्लब र घरेलु टोली रिगल रिसोर्ट हेटौंडा मकवानपुर–११ बीच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ । प्रतियोगितामा १२ वटा टिम सहभागी छन् । समूह ए मा नेपाल एपीएफ, हिमालयन शेर्पा क्लब, बीरगन्ज युनाइटेड, हिमालयन शेर्पा क्लब, एनआरटी फुटबल क्लब, बागमती युवा क्लब र एभिनियर एफसी रहेको छ भने समूह बी मा फ्रेण्ड्स क्लब, नवजागृति युवा क्लब, रिगल रिसोर्ट हेटौंडा मकवानपुर–११, सातदोबाटो क्लब, मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब रहेको छ ।

हेटौंडा–५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*