आज चौथो बकैया कपमा क्वाटर फाइनलका दुई खेल हुने

बकैया दर्पण संवाददाता
२५ माघ २०७९, बुधबार ११:४९

मकवानपुर । चौथो बकैया कप आज क्वाटरफाइनलका दुई खेल हुने भएका छन् ।

बकैया–७ भिरकोटको खेल मैदानमा भइरहेको फुटवल प्रतियोगितामा आजबाट क्वाटरफाइनलका खेल हुन लागेको हो ।

आज हुने पहिलो क्वाटरफाइनल खेलमा बकैया ८ र बकैया ५ ले दिउसो १ बजे आपसमा प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । यस्तै, आजै हुने दोस्रो क्वाटरफाइनल खेलमा बकैया ३ र बकैया ४ ले दिउसो ३ बजे आपसमा प्रतिष्पर्धा गर्ने छन् ।

गत माघ २२ गतेबाट शुरु भएको बकैया गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुने छ ।

बिजेता हुने टिमलाई नगद रु १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता हुने टिमलाई नगद रु १ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै अनुशासित टिमलाई ट्रफि र नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*